गुरूयोजना बनाएर बाढी पीडितको समस्या हल गरिनेछ : प्रधानमन्त्री

गुरूयोजना बनाएर बाढी पीडितको समस्या हल गरिनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपीडितको समस्या सामाधानका लागि गुरुयोजना तयार पार्ने बताएका छन् । बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि हिँडेका प्रधानमन्त्री देउवा आज साँझ सुदूरपश्चिम कञ्चनपुरस्थित दोधारा–चाँदनी पुगेका हुन् ।

उनले त्यहाँ बाढी पहिरो पीडितलाई संबोधन गर्दै बाढी र पहिरोबाट स्थानीय नराम्ररी प्रभावित भएको र अब गुरुयोजना बनाएर यस समस्याको हल खोजिने बताए । 

उनले भने, ‘बाढी पहिरोबाट यहाँका स्थानीयको अवस्था दयनीय बनेको रहेछ, अवलोकनपछि काठमाडौं फर्किएर एउटा गुरुयोजना तयार पारी यस समस्याको हल खोज्नेछु ।’

उनले बाढी र पहिरोले क्षति पु¥याएको देखेर निकै दुखित भएको बताए । हिजो बसेको मन्त्रि परिषद्को बैठकले प्रधानमन्त्री देउवा वाढी पहिरोको स्थलगत निरिक्षणका लागि जाने निर्णय गरेको थियो । टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्री रमेश लेखक, नारायणप्रकाश साउद र वीरबहादुर बलायर सहभागी छन् ।