बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

 
काठमाडौं । निरन्तर वर्षाका कारण देशव्यापी आएको बाढी पहिरो र डुवानका कारण भएको क्षतिप्रति राष्ट्रपति विद्यादेवि भण्डारीले दुख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले बाढीपहिरो र डुवानबाट देशव्यापी रुपमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले तत्काल प्रकोप पीडितको उद्धार, पुनर्स्थापनामा जुट्न अपिल गरेकी छिन् ।  

बिहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले भविष्यमा हुने यस्तो प्राकृतिक प्रकोपको जोखिमबाट बच्न सबै पक्षले सावधानी अपनाउनुपर्ने पनि बताएकी छिन् ।

प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा प्राकृतिक प्रकोप पीडितलाई उद्धार, राहत र पुनस्थापानाका लागि सम्बन्धित पक्ष सक्रिय हुनुपर्ने तथा भविष्यमा हुनसक्ने यस प्रकारको प्रकोपबाट जोखिन पनि सबै पक्षले सावधानी अपनाउनु पर्ने उल्लेख गरिएको छ ।