बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुग्यो, कुन जिल्लामा कति क्षति ?

बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुग्यो, कुन जिल्लामा कति क्षति ?

काठमाडौं । देशभर अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनको संख्या ८७ पुगेको छ । नेपाल प्रहरीका प्रवक्ता वसन्त बहादुर कुँवरले बुधबार साँझ ६ बजेसम्मको तथ्यांक अनुसार बाढी पहिरोमा परी २८ जना बेपत्ता भएका छन् । यस्तै ३१ जना घाइते भएका छन् ।

यसअघि बुधबारै गृह मन्त्रालयले ७७ जनाको मृत्यु भएको जानकारी दिएको थियो । २६ जना बेपत्ता भएक छन् । यस्तै २२ जना घाइते भएका छन् । मन्त्रालयका अनुसार पहिरोमा परी पाँचथरमा मात्रै २४ जनाको मृत्यु हुँदा ६ जना घाइते भएका छन् । यस्तै इलमामा पहिरोमा परी १३ जनाको मृत्यु भएको छ भने २ ३ जना बेपत्ता छन् ।

यस्तै डोटीमा पहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् । धनकुटामा ७, हुम्लामा ६, बैतडीमा ४ जनाको मृत्यु भएको छ । यस्तै पहिरो र बाढीमा परी बझाङ, सुनसरी र उदयपुरमा २(२ जना तथा कालीकोट, डडेलधुरा, प्युठान, सोलुखुम्बु र मोरङमा एकरएक जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोमा परी पाँचथरमा ६, धनकुटा र डोटीमा ५(५, बैतडी र इलाममा २(२, कालीकोट र डडेलधुरामा एकरएक जना घाइते भएका छन् भने बझाङमा २१, इलाममा ३, प्युठानमा २ र जुम्लामा १ जना बेपत्ता भएका छन् ।