बंगलादेशमा हिन्दूहरूमाथि भएकाे दमनकाे विराेधमा काठमाडौंमा प्रदर्शन

बंगलादेशमा हिन्दूहरूमाथि भएकाे दमनकाे विराेधमा  काठमाडौंमा प्रदर्शन

काठमाडौं । बंगलादेशमा हिन्दू धर्मावलम्बीहरूमाथि योजनाबद्ध ढंगले दमन भएको भन्दै त्यसको विरोधमा काठमाडौंस्थित बंगलादेशी दूतावास अगाडि प्रदर्शन गरिएको छ । 

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघले बुधबार दूतावासअगाडि प्रदर्शन गरेको हो । संघले बंगलादेशी राजदूतलाई भेटेर ज्ञापन पत्र समेत बुझाएको छ । 

बंगलादेशमा हिन्दू धर्मावलम्बीहरूमाथि साम्प्रदायिक हिंसा तथा हिन्दूमाथि आक्रमण भएको भन्दै त्यसको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको हो । 

प्रदर्शनलाई सम्बोधन गर्दै संघका अध्यक्ष रवि प्रजापतिले कुनै पनि मुलुकका जनताले आफ्नो स्वइच्छाले धर्म मान्न पाउनुपर्ने अधिकारलाई सरकारले सुरक्षित गरिदिनुपर्ने बताए । उनले राजदूतलाई बुझाएको ज्ञापन पत्रमा पनि यही कुरा उल्लेख गरेको समेत बताए । 

बंगलादेशमा अक्टोवर १३ देखि १५ को बीचमा साम्प्रदायिक हिंसा भएको र हिन्दूहरूमाथि योजनाबद्ध ढंगले आक्रमण गरी ८ जनाको मृत्यु भएको तथा ६०० बढी घर जलाइएको जनाएको छ ।