बाढी पहिरो प्रभावितको उद्धारमा जुट्न कार्यकर्तालाई विप्लवको निर्देशन

बाढी पहिरो प्रभावितको उद्धारमा जुट्न कार्यकर्तालाई विप्लवको निर्देशन

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बाढी, पहिरो र डुबान जस्तो प्राकृति विपत्तीमा परेका परिवारलाई तत्काल उद्धार र उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । त्यस्तै आफ्ना कार्यकर्ताहरुलाई पनि त्यस्ता प्राकृति विपत्तीको जोखिममा रहेकाहरुको उद्धारका लागि जुट्न समेत आह्वान गरेको छ । 

बुधबार सो पार्टीका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै सरकारलाई तत्काल उद्धार र राहतमा लाग्न जोडदार माग गरेको छ । भने, विपदको यो खडीमा सबैले आफ्नोतर्फबाट उद्धारमा लाग्नुपर्ने जनाएको छ । नेकपाले बाढी र पहिरोमा परेर घाइते भएकाहरुको निःशुल्क उपचार गर्नुपर्ने भन्दै त्यस्को व्यवस्थापनका लागि सरकारसँग माग गरेको छ । 

जारी विज्ञप्तिमा भनिएको छ ः‘मृतकका परिवारहरुलाई उचित राहतको व्यवस्था, घाइतेहरुको निशुल्क र प्रभावकारी उपचार, बेपत्ता नागरिकहरुको तीव्रतामा खोजी र जोखिमको आतंकमा बसेका बस्तीहरुको सुरक्षित पुनर्वासको व्यवस्था गर्न नेपाल सरकारसँग हाम्रो पार्टी विशेष माग गर्दछ ।’