बाढी पहिरो पीडितकाे उद्धार तथा राहतका लागि तत्काल परिचालित हुन प्रधानमन्त्रीको निर्देशन

बाढी पहिरो पीडितकाे उद्धार तथा राहतका लागि तत्काल परिचालित हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो पीडितलाई तत्काल उद्वार, राहत र पुनर्स्थापनाका लागि परिचालित हुन विपद् व्यवस्थापन परिषद्‍लाई निर्देशन दिएका छन् ।

बुधबार बसेको विपद् व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् । उनले पछिल्लो तीन दिनयता वर्षाका कारण देशभर भएको अकल्पनीय मानवीय क्षतिलाई मध्यनजर गर्दै तत्काल पीडितको उद्धार राहत वितणका लागि पनि परिचालित हुन निर्देशन दिएका हुन् ।

उनले त्यसका लागि खर्च अभाव हुन नदिन अर्थमन्त्रालयलाई समेत निर्देशन दिइसकेको बैठकपछि गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । प्रधानमन्त्रीले तत्काल सबै जना परिचालिन हुन र उनी आर्फै पनि फिल्डमा निस्किने बताएका छन् । 

प्रधानमन्त्री देउवाले ठूलो क्षति हुने गरी देशभर भएका बाढी(पहिरो प्रभावित क्षेत्रमा तत्काल पुगेर सेल्टर बनाउने, घरहरु पुनर्निर्माण गर्ने, राहत र पुनर्स्थापनाको कार्य गर्ने तथा धान बालीमा पुगेको क्षतिको विवरण आंकलन गर्ने र त्यसका आधारमा राहतको व्यवस्था गर्न निर्देशन दिएका हुन् । त्यस्तै बाढी पहिरोका कारण कृषि बालीमा भएको क्षति विवरण संकलन गर्न कृषि मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।