सरकारलाई मानव अधिकार आयोगको अपिल : बाढीपहिरो प्रभावितहरुको उद्धार र राहतमा जोड देऊ

सरकारलाई मानव अधिकार आयोगको अपिल : बाढीपहिरो प्रभावितहरुको उद्धार र राहतमा जोड देऊ

काठमाडौं । अविरल वर्षाका कारण देशभर बाढी र पहिरो जाने क्रम रोकिएको. छैन । बाढी पहिरोका कारण हालसम्म ४८ जनाले ज्यान गुमाइसकेको गृहमन्त्रालयले जनाएको छ ।

यस्तो विपतको अवस्थमा प्रभावित स्थानका वासिन्दालाई उद्धार तथा उनीहरुलाई राहतको व्यवस्था तीव्र पार्न मानव अधिकार आयोगले सरकारसँग अपिल गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै आयोगले बाढी–पहिरोबाट प्रभावितहरुको खोज, उद्धार, उपचार, मनोसामाजिक परार्श र पुनर्स्थापनामा तीव्रता दिन आग्रह गरेको हो । 

विज्ञप्तिमा भनिएको छ, ‘अतः प्राकृतिक विपद्बाट हुन जाने थप जोखिमको न्यूनीकरण गर्न, विपद् प्रभावितहरुको खोज, उद्धार, उपचार, मनोसामाजिक परार्श र पुनस्थापनामा सरोकारवालासँग समन्वय र सहकार्य गरी नागरिकको जीऊ धनको रक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।’

त्यसतै आयोगले अन्तर्राष्ट्रिय मापदण्डहरुले निर्दिष्ट गरे अनुरुप व्यक्तिको जीऊ धन सुरक्षा, आधारभूत आवश्यकताको परिपूर्ति लगायतका विपद्को अवस्थामा आवश्यक अन्य मानव अधिकारको सुनिश्चिता गर्न पनि संघ, प्रदेश र स्थानीय तह तथा अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्न पनि सबैमा अनुरोध गरेको छ ।