बाढी पहिरोका कारण देशभर ४८ जनाले ज्यान गुमाए, ३१ बेपत्ता

बाढी पहिरोका कारण देशभर ४८ जनाले ज्यान गुमाए, ३१ बेपत्ता

काठमाडौँ । तीन दिनदेखि अविरल परेको वर्षाका कारण देशभर बाढी पहिरो जाने क्रम रोकिएको छैन । सुदूरपश्चिमका पहाडी जिल्लाहरु पहिरोबाट प्रभावित बनेका छन् भने पूर्वी तराईका जिल्लाहरु बाढीका कारण डुवानमा परेका छन् । 

गृह मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म देशका ११ जिल्लामा बाढी पहिरोको प्रत्यक्ष प्रभाव परेको छ । हालसम्म ४८ जनाले ज्यान गुमाइसकेका छन् भने अन्य ३१ जना हराईरहेका छन् । 

मन्त्रालयकाअनुसार बाढीपहिरोबाट कालिकोटमा १, बैतडीमा ४, डडेल्धुरामा १, डोटीमा ९, हुम्लामा ६, प्युठानमा १, धनकुटामा ६, सुनसरीमा २, पाँचथरमा ६, इलाममा ११ र उदयपुरमा १ जनाको मृत्यु भएको छ ।

यस्तै, बाढीपहिरोबाट डोटीमा १, बझाङमा २३, प्युठानमा २ र इलाममा ५ जना बेपत्ता भएको मन्त्रालयले पुष्टि गरेको छ ।

बाढीपहिरोबाट ७ जिल्लाका २३ जना घाइते भएका छन् ।