बजाङमा पहिरो जाँदा २३ बेपत्ता

बजाङमा पहिरो जाँदा २३ बेपत्ता

बझाङ थलारा गाँउपालिका–४ डिख्लामा आज पहिलो जाँदा २३ जना वेपत्ता भएका छन् । लगातारको वर्षापछि गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट आएको पहिरोले दुई गाउँलाई विस्थापित गराएको हो । पहिरोले ७ घर पुरिएका छन् । 

अझै सिंगो गाउँ नै पहिरोको जोखिममा रहेपछि एक सय भन्दा बढी स्थानीयहरु घर छोडेर आफन्तकोमा बस्न बाध्य भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोका कारण स्थानीय गगने सार्कीका एकै घरका १८ जना र नरे सार्कीका घरका ५ जना रहेका छन् ।

गगने सार्की रोजगारीका लागि भारतमा छन् भने उनका माइला छोरा काले सार्की मात्र सकुशल रहेका छन् । 

सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले जानकारी दिए । 

उनले भने, ‘पहिरोमा परेर बेपत्ता भएको भन्ने खबर आएको छ । लगातार पानी परिरहेकोले बाटो अवरुद्ध छ । घटनास्थल टाढा भएका कारण पुग्न सकिएको छैन ।’