बैतडीकाे ढुंगाड वस्तिमा दुवै तिरबाट सेती पस्याे, उद्धारको पर्खाइमा स्थानीय

बैतडीकाे ढुंगाड वस्तिमा दुवै तिरबाट सेती पस्याे, उद्धारको पर्खाइमा स्थानीय

बैतडी । बैतडीको सिगास–५ स्थित ढुंगाड बस्तीमा दुवैतिरबाट बाढी पस्दा गाउँहरु उद्धारको पर्खाइमा बस्न बाध्य भएका छन् । लगायतर परेको पानीसँगै सेतीमा बहाब बढ्न गई नदी वस्तिमा छिरेको प्रहरीले जनाएको छ ।

दुवैतिरबाट सेती पस्द गाउँ टापु बन्न पुगेको छ भने त्यहाँ ६० जना फसेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । चार–पाँच घन्टाको दूरीमा रहेको शिवलिङ प्रहरी चौकीबाट ६ जना प्रहरीको टोली उद्धारका लागि गएको र थप प्रहरी उद्धारका लागि पठाउने तयारी भइरहेको उनले बताए । 

निरन्तर परिरहेकोले उद्धारमा कठिनाई भएको छ भने त्यहाँ विद्युत र सञ्चारबाट समेत सम्पर्क विहिन बन्न पुगेका छन् । उनीहरुलाई हेलिकोप्टरबाट उद्धार गरिने तयारी भएपनि खराव मौमका कारण हेलिकोप्टर त्यहाँ जान नसकेको सहायक प्रजिअ भारतीले जानकारी दिए । उद्धारका लागि गएका प्रहरीहरुसँग दिउँसो १२ बजेसम्म सम्पर्क भएको तर त्यसयता सम्पर्क नभएको उनले बताए । हालसम्म क्षतिको विवरण पनि नभएको उनले बताए ।