माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गर्यो महत्वपूर्ण निर्णय

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गर्यो महत्वपूर्ण निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन गरेको छ। सामेबारेदेखि जारी  स्थायी समिति बैठकले पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलनलगायतको मिति संशोधन गरेको हो। साथै बैठकमा पार्टीको तर्फबाट मन्त्री बनेकाहरुलाई निर्देश गर्न एक कमिटी बनाउनेबारे पनि छलफल भएको बताइन्छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज  बिहान बसेको स्थायी समिति वैठकले पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थप गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। 

टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म म्याद थपिएको उनले जानकारी दिए। पुस १७ गतेदेखि माओवादीले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ। 

माओवादी स्थायी समितिको अर्को बैठक आगामी बिहीबार बस्ने प्रवक्ता महराले जानकारी दिए।