बाढी र पहिरोमा फसेकाहरुको हेलिकोप्टरबाट उद्धार गरिँदै

बाढी र पहिरोमा फसेकाहरुको हेलिकोप्टरबाट उद्धार गरिँदै

सुदूरपश्चिम । अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा आएको बाढी र पहिरोमा परेकाहरुको उद्धार हेलिकोप्टरबाट गरिँदैछ ।

गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरुको उद्धारका लागि हेलिकोप्टर उडेको हो ।

लगातार परेको भारी वर्षाका कारण सुदूरपश्चिमका डोटी डडेलधुरा र कञ्चनपुर बढी प्रभावित भएका छन् ।