बोक्सी आरोपमा भाउजुको हत्या गर्ने देवर पक्राउ

बोक्सी आरोपमा भाउजुको हत्या गर्ने देवर पक्राउ

महोत्तरी । बोक्सी आरोपमा आफ्नै भाउजुको हत्या गर्ने देवरलाई महोत्तरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका ३ का ४२ वर्षीय संजय कुमार झा रहेका छन् । उनले बोक्सीको आरोपमा गत बिहीवार भाउजू शिलादेवी झाको हत्या गरेका थिए । 

एकल महिला शिलादेवीको बोक्सीको आरोपमा देवर संजयले हत्या गरेको प्रहरीले जनाएको छ । मजदुरीको काम गर्ने संजयले घरमा सुतिरहेकी ४२ वर्षीया भाउजू शिलाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

आफ्नी श्रीमती रिंकुलाई टुनामुना गरेको अन्धविश्वासमा सञ्जयले भाउनुको हत्या गरेको महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश अचार्य बताए । भाउजुल शिलाले दिएको केरा खाएपछि श्रीमती रिंकुको बच्चा तुहिएको र मुखबाट फिज आउने गरेको भन्दै सञ्जयले शिलाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

 जनकपुरधाम उपमहानगरपालिका २४ सोनापाडामा बस्ने सञ्जयले बुधबार साइकलमा घर पुगेर राती भाउको हत्या गरी विहीबार पुनः जनकपुरधाम नै आइपुगेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।