बस दुर्घटनामा मृत्यु भएकाको परिवारले गरे प्रदर्शन

बस दुर्घटनामा मृत्यु भएकाको परिवारले गरे प्रदर्शन

सुर्खेत । दैलेखको दरबारेभीरमा बस दुर्घटनामा मृत्यु भएकाको परिवार तथा आफन्तहरुले सडकमा प्रदर्शन गरेका छन् ।  असोज ३१ गते सुर्खेतमा भएको बस दुर्घटनामा मृत्यु भएका नारायण नगरपालिका–११ का सुशील रावत र भगवतीमाई गाउँपालिका–१ शान्ता थापा आचार्यका आफन्तले सडक अवरुद पारेका हुन् ।

उनीहरूले मृतकका परिवारले क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै  दैलेख–सुर्खेत सडक खण्डमा आज प्रदर्शन गरेका हुन् । उनीहरुले विहानैदेखि टायर बालेर सडक अवरुद्ध पारेका थिए । 

प्रदर्शनका कारण सडक अवरुद्ध भएपछि दशै मनाएर फर्किएका यात्रुहरु अलपत्र परेका थिए । 

गत शनिबार सुर्खेतबाट कालिकोट जाने  क्रममा दैलेखको दरबारेभीरमा बस दुर्घटना भएको थियो । दुर्घटनामा दुाइ जनाको ज्यान गएको थियो भने दर्जन बढी यात्रु घाइते भएका थिए ।