काठमाडाैं आउँदै गरेकाे बस नुवाकोटमा दुर्घटना हुँदा ३० जना घाइते

काठमाडाैं आउँदै गरेकाे बस नुवाकोटमा दुर्घटना हुँदा ३० जना घाइते

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाको भुमेस्थानमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। भाल्चेबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ५७६२ नं को बस दुर्घटना भएको नुवाकोट प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर ओलीले बताए।

उनका अनुसार दुर्घटना लगत्तै घाइतेहरुको उद्दार गरी जिल्ला अस्पताल त्रिशुली पठाउनेक्रम जारी रहेको छ।

बस नालीमा खसेर भित्तामा ठोक्किएपछि दुर्घटना भएको हो।