एकीकृत समाजवादीको ३३५ सदस्यीय केन्द्रीय कमिटी विस्तार, खनाल सम्मानित नेता

एकीकृत समाजवादीको ३३५ सदस्यीय केन्द्रीय कमिटी विस्तार, खनाल सम्मानित नेता

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वेको एकीकृत समाजवादी पार्टीले ३३५ सदस्यीय केन्द्रीय कमिटी विस्तार गरेको छ । पार्टीको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिएको जनाइएको हो । साथै स्थायी कमिटीमा ४२ सदस्य र पोलिटब्यूरोमा ९४ सदस्य गठन पनि गरेको छ ।

पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेता बनाएको छ । एकीकृत समाजवादीले हालै जारी अन्तरपार्टी निर्देशीका (अपानी) मा नेता खनाललाई सो दर्जा दिएको जनाएको छ ।  

उनलाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । त्यसतै एकीकृत समाजवादी छाडेको घोषणा गरेका प्रदीप नेपालले पनि जिम्मेवारी दिइएको छ । उनी प्रतिष्ठान इन्चार्ज भएका छन् ।