सिनामंगलमा एक जना मृत भेटिए, सवारीसाधनले ठक्कर दिएको आशंका

सिनामंगलमा एक जना मृत भेटिए, सवारीसाधनले ठक्कर दिएको आशंका

काठमाडौं । काठमाडौंको सिनामंगलमा एक जन मानिस मृत अवस्थामा फेला परेका छन्। आज बिहान साढे ४ बजेतिर एक मानिस मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए। 

मृतकको सनाखत भने हुन सकेको छैन। 'कुनै सवारीले ठक्कर दिएर मृत्यु भएको हो की भन्ने आशङ्कामा अनुसन्धान गरिरहेका छौँ,' एसएसपी सिंहले भने। शरीरमा भने ठुलो चोट भने देखिएको छैन।

प्रहरीले दुर्घटना भएको आशङ्का घटनास्थल वरपरको सिसिक्यामरा समेत चेक गयररहेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।