रमेश चौधरीको हत्या भएको पुष्टि, श्रीमतीसहित चार जना पक्राउ

रमेश चौधरीको हत्या भएको पुष्टि, श्रीमतीसहित चार जना पक्राउ

धनगढी । कैलालीमा एक जनाको हत्या भएको छ । धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले हत्याको घटना अनुसन्धानका लागि रमेशकी श्रीमतीसहित चार जनालाई पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० विश्व अधिकारीले शनिबार बिहान घरदेखि करिब ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा मृत अवस्थामा फेला परेका चौधरीको हत्या गरिएको खुलेको जानकारी दिए ।

शुक्रबार साँझ साथीकोमा जान भन्दै घरबाट निस्किएका उनी बिहान मृत अवस्थामा फेला परेका थिए । प्रारम्भिक रुपमा उनको घाँटी थिचेर हत्या गरेको पाइएपछि प्रहरीले संलग्न भएको आशंकामा श्रीमतीसहित चार जनालाई पक्राउ गरेको छ ।