आज तेस्रो दिन पनि मान्यजनबाट दशैंको टीका लगाइँदै

आज तेस्रो दिन पनि मान्यजनबाट दशैंको टीका लगाइँदै

काठमाडौं । आज पनि मान्यजनका हातबाट दशैंको टीका र जमरा लगाइँदैछ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ ।

विजयादशमीमा टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज तेस्रो दिन पनि टीका लगाइँदैछ ।बडादशैंमा यसवर्ष कोरोना सङक्रमण जोखिम कायमै रहे पनि गत वर्षभन्दा चहलपहल बढेको छ । खोप लगाउनेको संख्या बढ्दै गएको तथा संक्रमण पनि घट्दै गएपछि सरकारले यसपटक दशैंलगायतका चाडबाडमा विगतमा जस्तो कडिकडाउ गरेको छैन ।

दशैँ विदा सकिएसँगै गाउँ गएकाहरु काठमाडौं फर्कन थालेका छन् । योसँगै केही दिनदेखि सुनसान देखिएको काठमाडौं उपत्यकामा फेरि चहलपहल शुरू भएको छ ।