काठमाडौं उपत्यकामा चहलपहल सुरु, सरकारी कार्यालयहरु आजदेखि खुल्दै

काठमाडौं उपत्यकामा चहलपहल सुरु, सरकारी कार्यालयहरु आजदेखि खुल्दै

काठमाडौं । दशैंको तेस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट टिका जमरासहित आशिर्वाद लिने क्रम जारी रहने छ । टीकाका दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका थाप्ने प्रचलन छ ।

यही मान्यताले टीका लगाउन आफन्त तथा मान्यजन कहाँ आउनेजानेको चहलपहल काठमाडौं उपत्यकामा बढेको छ । यस पटकको दशैंमा विगतका वर्षभन्दा केही बढी सङ्ख्यामा सवारी साधन सञ्चालन भएकाले सर्वसाधरणले राहत भएको महसुस बताएका छन् । सवारीको चहलपहल बढेपनि सडकमा जामको चाप भने अझै नरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

यसैबीच, दशैं मनाउन आ(आफ्नो गाउँघर पुगेकाहरु फर्किने क्रम पनि शुरु भएको छ । दशैं मान्न पुर्खौली थातथलो पुगेकाहरु दशै विदा सकिएसँगै राजधानी फर्कन सुरु गरेका हुन् । काठमाडौको कोटेश्वर, कंलकी नाकाहरुमा दशै मानाएर राजधानी फर्कनेहरुको भिडभाड बढेको छ । दशैको विदा सकिएसंगै सरकारी कार्यालयहरु पनि आजबाट खुल्दै छन् ।

दशैं विदा सकिएसँगै विभिन्न जिल्लाबाट कर्मथलो संघीय राजधानी काठमाडौं फर्कनेहरुको संख्या बढेको छ । दशैंका अवसरमा फुलपातिदेखि हिजो एकादशीसम्म ५ दिन सार्वजनिक विदा थियो ।