आज देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडाैं । आगामी २४ घण्टामा प्रदेश-१, प्रदेश-२, बाग्मती प्रदेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आइतबार बिहान मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै महाशाखाले आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको हो।  

अहिले प्रदेश-१,  प्रदेश-२ र वागमती प्रदेशमा सामान्य बदली तथा गण्डकी, सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ। 

भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायुको संयुक्त प्रभावले नेपालमा मौसम बदलीरहेको महाशाखाले जनाएको हो।