वडाअध्यक्षकाे घरसहित दर्जन घर पसल चोरी

वडाअध्यक्षकाे घरसहित दर्जन घर पसल चोरी

सल्यान । दशैको माहोलमा घर पसलमा कोही नभएको मौका पारी अज्ञात समूहले सल्यानमा दर्जन बढी पसल, घर र स्कुलमा चोरी गरेको छ । 

छत्रेश्वरी गाउँपालिका–१ दमाचौरका वडाध्यक्ष नेबबहादुर शाहको घरसहित दमाचौर बजारको आठ घर, पसल र स्कुलमा अज्ञात समूहले शुक्रबार राति एकै साथ चोरी गरेको प्रहरीले जनाएको छ । 

सो समूहले एक साथ ८ वटा घर, पसल र स्कुलमा चोरी गरेको हो । कोही नभएको मौका पारी सो समूहले लगाएको ताला फोडी ३ लाख बढीको सामान, गर–गहना र सुन चोरी गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

वडाध्यक्ष शाहको घरसहित दमाचौर बजारका चूडामणि बस्नेतको मेडिकल पसल, केशव केसीको पसल, चित्रजंग शाहको मेडिकल पसलमा चोरी भएको हो । त्यस्तै यमलाल जैसीको पसल, भारतीकुमारी बिकको घर, दिनेश बुढाथोकीको मोबाइल पसलमा पनि एक साथ चोरी भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सो समूहले स्थानीय भानुभक्त मावि र बागचौर नगरपालिका–८ मा रहेको कालिका माविको तालासमेत फोरेको जिप्रकाका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । 

हाल सादा पोसाकमा प्रहरी परिचालन गरेर घटनाबारे अनुसन्धान बढाएको प्रहरीले जनाएको छ । त्यसतै शंकास्पद व्यक्तिलाई सोधपुछ भइरहेको उनले बताए ।