आज यी प्रदेशमा वर्षाको सम्भावना

आज यी प्रदेशमा वर्षाको सम्भावना

प्रदेश-१, प्रदेश-२ र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार अगामी तीन दिनको मौसम विश्लेषण गर्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सवैमा अनुरोध गरेको हो।

भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण नेपालमा वर्षा हुने अनुमान गरिएको छ। हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ।

आइतबारदेखि भने देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको हो ।