गुल्मीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ६ घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ६ घाइते

गुल्मी । गुल्मीमा बिहीबार राति भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्। बुटवलबाट तम्घास आउँदै गरेको लु १ ज ४४९० को जिप रेसुंगा नगरपालिका–१० पाँचरातेमा दुर्घटना भएको हो। जिपमा नौ जना रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मुसिकोट नगरपालिका–२ का ७२ वर्षीय क्षेत्रबहादुर थापा, ४५ वर्षीया राधिका थापा र मुसिकोट–३ की १९ वर्षीय संगिता सुनार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।

यस्तै, मुसिकोट–२ का चालक २६ वर्षीय कमल थापा, ४३ वर्षीय खिमा थापा, ३६ वर्षीय राजु थापा, ३८ वर्षीया जुना थापा, चितवनको भरतपुर उपमहानगरपालिकाकी ५० वर्षीया राधा केशी, भरतपुर–३ की ४७ वर्षीय  सुमित्रा सुनार घाइते भएको छन्।
 
घाइतेमध्ये राधा ,जुना सुमित्रा ,राजु र खिमाको शरीरका विभिन्न भागहरुमा चोट लागेको र उनीहरुको पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिप सडकदेखि करिब ५०० मिटर तल खसेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए।