श्रीमतीकाे हत्या गर्ने श्रीमान पक्राउ

श्रीमतीकाे हत्या गर्ने श्रीमान पक्राउ

भोजपुर । घरायसी विवादपछि आवेगमा आएर श्रीमती हत्या गर्ने एक जना श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ का स्थानीय ४० वर्षीय फराछेतर शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नै ४० वर्षीया श्रीमती छोती शेर्पा खुकुरी प्रहार गरी हत्या गरेकाे आरोप छ । 

घटनापछि फरार रहेका फराछेतरलाई साेही ठाउँको बाखु भन्ने स्थानबाट प्रहरीले पक्राउ गरेको जनाएको छ । 

मृतकको शव पोष्टमार्टमको लागि संखुवासभा अस्पताल पठाएको प्रहरीले जनाएको छ ।