समस्याको समाधान संवाद हो, समिक्षा गराैं : सभामुख सापकोटा

समस्याको समाधान संवाद हो, समिक्षा गराैं : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले जति ठूलो समस्याको पनि संवादबाट समाधान गर्न सकिने भन्दै आफू आत्म समिक्षा गर्न तयार भएको बताएका छन् ।

तर उनले एमालेले पनि समिक्षा गर्नुपर्ने भन्दै आगामी कात्तिक ९ गते बस्ने प्रतिनिधिसभाको बैठक सहजरुपमा सन्चालन हुने विश्वास व्यक्त गरेका छन् । 

बुधवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा सभामुख सापकोटाले संसद सन्चालनको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गर्न तयार रहेको बताएका छन् । उनले भने, ‘मैले फेरि फर्केर सबै कामको समीक्षा गर्ने कुरा हुन्छ, उहाँहरुले पनि समीक्षा गर्नुहुन्छ भन्ने आशा छ ।,’ उनले थपे, ‘सबैले समिक्षा गरौं, जतिसकै ठूलो समस्यालाई पनि संवादबाट समाधान गर्न सकिन्छ ।’

नेकपा एमालेलाई फुटाउन सभामुख सापकोटाले भूमिका खेलेको भन्दै नेकपा एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ ।