म सभापति भए पहिला विधान परिवर्तन गर्छुः महामन्त्री कोइराला

म सभापति भए पहिला विधान परिवर्तन गर्छुः महामन्त्री कोइराला

चितवन । नेपालीका कांग्रेसका महामन्त्री एवं सभापतिका दावेदार डा. शशांक कोइरालाले  विधानले पार्टी समापतिको अधिकार खुम्च्याएको भन्दै आफू सभापति भए विधान नै पविर्तन गर्ने बताएका छन् । 

नेपाली कांग्रेस रत्ननगर नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले पार्टीको वर्चश्व समापतिको हातमा हुनुपर्ने र अन्य पदाधिकारीहरु सभापतिले चयन गर्नुपर्ने किसिमको विधान ल्याउनुपर्ने बताए । जबकी अहिले सभापतिसहित पार्टीका पादधिकारीहरु पनि निर्वाचित हुने व्यवस्था छ । विधानले पार्टी समापतिको अधिकार खुम्च्याएको जिकिर गरे । 

उनले भने, ‘हामीले जुन विधान बनायौं त्यो राम्रो विधान होइन । त्यसैले यसलाई संशोधन गर्नुपर्छ ।’ उनले थपे, ‘अहिले सम्पूर्ण पदहरु निर्वाचित हुने व्यवस्था छ । महामन्त्री, सह महामन्त्री, केन्द्रीय सदस्य बनाउने अधिकार सहित सभापतिमा वर्चश्व हुने विधान हुनुपर्छ । म सभापति भए भने पहिलो काम विधान परिवर्तन गर्छु ।’ 

१४ औं महाधिवेशनमा पार्टी सभापति देउवा इतर पक्षधरमध्ये एक जना सभापतिको उमेदवार हुने भनिए पनि कोइरालाले आफू पछि नहट्ने बताएका छन् ।

सभापति देउवाले आफ्नो गुट मात्रै खोज्ने गरेको उनको आरोप छ । उनले पार्टीभित्रको गुटको अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाउन लागिपरेको समेत बताए ।