गण्डकी प्रदेशमा मन्त्री डोबाटेले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्री डोबाटेले लिए शपथ

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोबाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मन्त्री डोबाटेलाई शपथ गराएका हुन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री डोबाटेलाई विना विभागीय मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 

मन्त्री डोबाटे यसअघि नै मन्त्री हुने चर्चा चलेपनि अन्तिममा उनको नाम काटिएको थियो । उनी शपथका लागि जाँदै गर्दा बीच बाटाेमै उनकाे नाम काटिएकाे समाचार बाहिर आएकाे थियाे ।

 उनको स्थानमा प्रदेश सभा सदस्य विन्दुकुमार थापालाई मन्त्री बनाएपछि चौतर्फी आलोचना भएको थियो ।