घाँटी रेटेकाे अवस्थामा कांग्रेस कार्यकर्ताको शव फेला

घाँटी रेटेकाे अवस्थामा कांग्रेस कार्यकर्ताको शव फेला

रोल्पा । रोल्पामा एक पुरुषको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । रोल्पा नगरपालिका–६ दार्बोटका ५६ वर्षीय पूर्णबहादुर बुढाको आफ्नै घरमा घाँटी काटिएको अवस्थामा शव फेला परेको हो । 

उनी नेपाली कांग्रेसका क्रियाशील कार्यकर्ता भएको बुझिएको छ । गत साउन २३ गते सम्पन्न नेपाली कांग्रेसको वडा अधिवेशनबाट बुढा क्षेत्रीय प्रतिनिधिमा छनोट भएका थिए । 

श्रीमती केही समयअघि नै मृत्यु भइसकेको र सन्तान विदेशमा भएकाले बुढा घरमा एक्लै बस्दै आएका थिए । आज विहान ११ बजेसम्म पनि ढोका नखुलेपछि ढोका फोरेर हर्दा घाँटी काटीएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । 

घटना शङ्कास्पद भएकाले अनुसन्धान सुरु भएको र थप अनुसन्धानबा लागि नेपालगञ्जबाट कुकुरसहितको टोली बोलाइएको पनि उपरिक्षक सुवेदीले जानकारी दिए ।