कास्की र स्याङ्जामा दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाए

कास्की र स्याङ्जामा दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाए

काठमाडौं । दशै भित्रिएपछि पनि कसैका लागि भने दशा भित्रिएझै भएको छ । दशैको पाँचो दिन आज घर–घरमा दशैको रौनकलाई भित्र्याइरहेका बेला काँस्की र स्यांजामा दुर्घटना भएसँगै परिवारमा शोकमा भित्रिएको छ । 

आज एकै दिन स्याङ्जा र कास्कीमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी ११ जनाले ज्यान गुमाएका छन् । काठमाडौंबाट विद्यार्थी लिएको जीप कास्कीको कलडाँडा भिरको घुम्तीमा सोमबार दिउँसो भएको दुर्घटनामा परेको छ । आइतबार विदा मनाउन पोखरा घुम्न आएका उनीहरू सोमबार दिउँसो घान्द्रुकका लागि पोखराको हरिचोकबाट ग १ ज ६९०० नम्बरको जिप चढेका थिए ।

घटनामा आठजनाले ज्यान गुमाएका छन्् । अर्का एकजना घाइते भएका छन् । जिपचालक अन्नपूर्ण गाउँपालिका–५ नयाँपुलका ४२ वर्षीय खुसीमान क्षेत्रीसहित जिपमा सवार काठमाडौं– ३ गंगबुका १८ वर्षीय जिनलव घिसिङ २४ वर्षीया सुजा चौधरी, काठमाडौं–२० वर्षीया लिजा चौधरी २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले र गोरखा घर भई हाल काठमाडौं– ३ गंगबु बस्ने २७ वर्षीय विनय क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरूको शव पोस्टमार्टमका लागि  पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएको छ । त्यसतै घटना  काठमाडौं–३ गंगबु की २० वर्षीया देविका घिसिङ भने घाइने भएकी छिन् । 

त्यस्तै सोमबार नै स्याङ्जामा भएको जिप दुर्घटनामा तीनजनाले ज्यान गुमाएका छन् । घटनामा अन्य १४ जना घाइते भएको  जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै भएको जिप दुर्घटनामा परी तीनजनाको ज्यान गुमाएका हुन् । ज्यान गुमाउने गल्याङ–१० लिहुडाँडाका ७७ वर्षीय दलबहादुर पल्ली र  ३२ वर्षीया गंगा, गाउँसौराकी चार वर्षीया बालिका करिस्मा थापा रहेको प्रहरीले जनाएको छ ।