मान्छे पासो लाएको डोरी बहुमूल्य हुन्छ भन्ने भ्रममा हत्या

मान्छे पासो लाएको डोरी बहुमूल्य हुन्छ भन्ने भ्रममा हत्या

ललितपुर । गत भदौ २५ गते ललितपुरको सुनाकोटीस्थित टहरामा नुवाकोट बेलकोट गढी नपा ९ की ४५  वर्षीया कमला तामाङ मृत फेला परिन् । उनलाई आफ्नै टहरमा डोरीले घाँटीमा कसेर कसैले हत्या गरिएको अवस्थामा शव फेला परेको परेको थियो ।

घटनापछि अनुसन्धानमा खटिएको महानगरीय प्रहरी वृत्त चापागाउँ, ललितपुर र महानगरीय अपराध महाशाखा, मीनभवनबाट खटिएको टोलीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ ग¥यो । 

प्रक्राउ पर्नेमा मोरङ पथरी शनिस्चरे नगरपालिका–८ मंगलबारे घर भइ हाल ललितपुर हरीसिद्धि बस्ने  २० वर्षीय सुमन मगर हरीसिद्धिबाट तथा मकवानपुर, रक्सिराङ  ५, घर भइ हाल ललितपुर हरिसिद्धि नयाँबस्ती बस्ने २३ वर्षीय सबिन प्रजा र निजकी श्रीमती १८ वर्षीय प्रविना प्रजा माझी रहेका छन् । 

उनीहरुले मानिस पासो लगाएर मरेको डोरी करौडौंमा विक्री हुन्छ भन्ने् भ्रमका कारण कमलाको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । 

त्यतिमात्रै होइन, मान्छे पासो लगाएको मरेको डोरी,  राम लक्ष्मण र हनुमान भएको पुराना सिक्का ९पैसा०, दाहिने शंख, चट्याङ परेको ढुङ्गालगायतका वस्तुहरु महंगोमा विक्री हुने भन्ने सुनेका सबिन प्रजा र सुमन मगरले पैसाको लोभमा कमलाका हत्या गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरुले सुमनको पुरानो चिनजान र अवैध सम्बन्ध समेत भएको, टहरामा एक्लै बस्ने कमलालाई पैसा कमाउने ठूलो ढोका सम्झिए र भदौ २४ गते साँझ मृतकको टहरामा गइ खानपिन (मापसे) समेत गरी सुत्ने क्रममा उनको हात डोरीले बाँधेर घाँटीमा पनि पासो लगाई हत्या गरेका थिए । घटनापछि मृतकको कानमा भएको सुन र मोवाइलसमेत लुटेर उनीहरु फरार भएका थिए । 

घटनामा संलग्न सविन, सुमन र प्रविना प्रजालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ ।