प्रहरी र सुकुम्बासीको झडपपछि बुटवलमा कर्फ्यु

प्रहरी र सुकुम्बासीको झडपपछि बुटवलमा कर्फ्यु

रुपन्देही । रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रमा बसोबास गर्ने सुकुम्बासीहरु र प्रहरीबीचको झडपका कारण अहिले उक्त क्षेत्रमा कफ्र्यु जारी गरिएको छ । 

झडपमा प्रहरीले गोली चगाएको थियो । त्यसपछि उत्पन्न स्थितीलाई नियन्त्रणमा लिन  स्थानीय प्रशासनले कर्फ्यु लगाएको जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनाका अनुसार कफ्र्यु आइतबार अपरान्ह ४ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागु गरिएको हो । पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरसम्मका लागि कर्फ्यु जारी गरिएको सूचनामा उल्लेख छ । 

बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेक्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतित्रमण भएको थियो ।

प्रशासनले तीन दिनदेखि रातिमा टहराहरु भत्काइदिँदै आएको थियो । तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो । सो क्रममा प्रहरीले स्थानीय बीच झडप भएको थियो । झडपमा प्रहरीले गोली चलाएको र प्रहरीले १९ राउण्ड अश्रुग्याँस हानेको थियो । घटनामा केही स्थानीय घाइते भएको प्रमुख अधिकारी तिवारीले जानकारी दिएका छन् ।