श्रीमानको हत्या गर्ने श्रीमतीसहित चार जना सार्वजनिक

श्रीमानको हत्या गर्ने श्रीमतीसहित चार जना सार्वजनिक

ललितपुर । श्रीमानको हत्या अभियोगमा ललितपुर वाग्मती गाउँपालिका–७ देवीचौरकी २८ वर्षीया रजीना भोलुनसहित चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

श्रीमान् राजकुमार भोलुनको हत्या अभियोगमा महानगरीय प्रहरी परिसर ललितपुरले उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेकाहरुमा मृतककी श्रीमती ललितपुर वाग्मती गाउँपालिका–७ देवीचौरकी २८ वर्षीया रजीना भोलुन, गोदावरी देवीचौरकै ३० वर्षीय ज्ञानकुमार सिंतान, वाग्मती गाउँपालिका–७ कै सुनीता सिंताङ र गोदावरी नगरपालिका–१२ ठेचोकी लक्ष्मी ब्लोन रहेका छन् । 

उनीहरूले राजकुमारको असोज ११ गते ललितपुरको प्यूटारमा धारिलो हतियारले टाउको र घाँटीमा प्रहार गरी हत्या गरे । 

घटनामा संलग्न अर्का गोदावरी नगरपालिका–११ का मनोज मगर भने गोदावरी नगरपालिका–७ देवीचौरको सलेनी खोल्सामा भाग्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

सामान्य ज्यामी काम गर्दै आएका राजकुमार मदिरा सेवन गरी श्रीमती रजनीमाथि कुटपीट गर्थे । हरेक दिनको यातनाका कारण छटकारा पाउन रजनीले अन्यसँग मिलेर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेकी छिन् ।