प्रधानमन्त्री देउवाले भने : प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरु हुन सक्दैन

प्रधानमन्त्री देउवाले भने : प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरु हुन सक्दैन

पोखरा : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक केही हुन नसक्ने बताएका छन् । साक्षर गण्डकी प्रदेश घोषणा समारोहर्लाइ सम्बोधन गर्दे प्रधानमन्त्री देउवाले प्रजातन्त्र कसैले खोस्न नसक्ने भन्दै यस्को विरुद्ध कसैले सपना नदेख्न पनि चुनौति दिए । 

गण्डकीका साक्षर वासिन्दाहरुलाई शुभाकामना दिँदै प्रधानमन्त्री देउवाले नेपालको संविधानमा शिक्षालाई मौलिक हकका रूपमा राखिएको र यो सबैले पाउनुपर्ने बताए । उनले सरकार पनि त्यसै अनुरुप लागेको समेत स्पष्ट पारे । 

उनले कोभिड महामारीबाट नेपाल अझै मुक्त नभइसकेको भएपनि यसलाई नियत्रण गर्न लागिपरेको बताए । विश्व स्वास्थ्य संगठन विश्व मञ्चले पनि नेपाल अब ग्रिन जोनमा रहेको जनाइसकेकाले नेपालको कोभिड नियन्त्रणमा विस्तारै सफलता मिल्दै गएकोमा खुशी व्यक्त गरे ।

कोभिड नियन्त्रणमा आएपछि बेलायत, युरोप र अमेरिकाले नेपाललाई हरियो जोनमा राखेको बताउँदै प्रधानमन्त्री देउवाले यो खुशीको कुरा भएको बताए ।

गण्डकी प्रदेशका ११ जिल्लामा नवलपुरर जिल्ला सबैभन्दा धेरै साक्षरता प्रतिशत ९८ प्रतिशत रहेको छ । नवलपुरमा २०७२ असार ३१ गते साक्षर जिल्ला घोषण गरिएको थियो । त्यसपछि गोर्खा जिल्ला ९७.२० साक्षरता प्रतिशत रहेको छ । यस जिल्लालाई २०७४ भदौं ९ गते साक्षर जिल्ला घोषण गरिएको थियो । 

यसै गरि मुस्ताङमा ९६.३५ प्रतिशत साक्षरता प्रतिशत, स्याङ्जा ९६.१६ प्रतिशत, तनहुँ ९६.४० प्रतिशत, कास्की ९६.०० प्रतिशत, लम्जुङ ९५।५ प्रतिशत, बाग्लुङ ९६.५७ प्रतिशत, मनाङ जिल्ला ९६.९० प्रतिशत, म्याग्दी ९६.२७ प्रतिशत र पर्वत जिल्लामा साक्षरता प्रतिशत  ९६.९३ रहेको घोषणा कार्यक्रममा बताइएको थियो ।