गजेन्द्र हमाल संविधान अनुसार नै मन्त्री बनेका हुन्: मन्त्री पौडेल

गजेन्द्र हमाल संविधान अनुसार नै मन्त्री बनेका हुन्: मन्त्री पौडेल

काठमाडौं । माओवादी केन्द्रका नेता एवं नवनियुक्त शिक्षामन्त्री देवेन्द्र पौडेलले उद्योगमन्त्री गजेन्द्र हमाल संविधान अनुसार मन्त्री बनेकाले यसमा न्यायक्षेत्रलाई जोड्न आवश्यक नभएको बताएका छन्। शुक्रबार मन्त्रीको शपथ लिएका पौडेल शनिबार नेकपा माओवादीको कार्यालय पेरिसडाँडामा शहीदलाई माल्यार्पण गर्न पुगेका थिए। त्यसक्रममा मन्त्री पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले ऐन कानुन र संविधान अनुसार अधिकारको प्रयोग गरि गैर सांसदलाई मन्त्री बनाएको बताए।

प्रधामन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाका नातेदार पुराना कांग्रेस नेता गजेन्द्र हमाललाई मन्त्री बनाएपछि चर्को आलोचना भइरहेको छ।  

गैर सांसदलाई संविधान अनुसार ६ महिनासम्म मन्त्री बनाउने अधिकार प्रधानमन्त्रीलाई संविधानले दिएको भन्दै मन्त्री पौडेलले यसलाई न्यायालयसँग जोडेर हेर्न जरुरी नभएको बताए।

आफूहरु गठबन्धनका कतिपय समस्याहरु हल गर्ने प्रयासमा रहेको उनले बताए। छोटो समयमा सकेसम्म जनताको पक्षमा काम गर्नुपर्ने उनले बताए।

छुटाउनुभयो कि ?