यी तीन प्रदेशबाट बाहिरियो मनसुन, अन्यमा हल्का वर्षा

यी तीन प्रदेशबाट बाहिरियो मनसुन, अन्यमा हल्का वर्षा

काठमाडाैं । शुक्रबारबाट नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबारबाट यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट बहिर्गमन भएको जनाएको छ । 

महाशाखाले हाल प्रदेश नं १ र बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा  सामान्यतया सफादेखि आंशिक बदली भइरहेको जनाएको छ। र, प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षा भईरहेको पूर्वानुमानमा उल्लेख छ । 
 
यसैगरी, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

आज राति प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।