देउवा सरकारको पहिलो पूर्ण मन्त्रिपरिषद् बैठक सम्पन्न

देउवा सरकारको पहिलो पूर्ण मन्त्रिपरिषद् बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २२ जना मन्त्रिपरिषद् सदस्यहरु सम्मिलित पहिलो पूर्ण मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । 

शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा शपथ लिएलगत्तै सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको हो । 

बैठकमा नवनियुक्त १६ मन्त्रीहरु र यसअघि मन्त्री भएका ६ जनासहित २२ जनाको उपस्थिति रहेको थियो । 

मन्त्रिपरिषद् बैठकलगत्तै नवनियुक्त मन्त्रीहरुले आआफ्नो मन्त्रालय पुगेर कार्यभार सम्हाल्नेछन् ।

देउवा सरकारले झण्डै तीन महिनापछि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएको हो ।