झाडापखालाका कारण ४६१ जना अस्पताल पुगे

झाडापखालाका कारण ४६१ जना अस्पताल पुगे

कृष्णनगर । कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखालाका कारण हालसम्म ४ सय ६१ जना अस्पताल पुगेका छन् । जसमध्ये ३ सय ३३ जना फर्किसकेका छन् भने बाँकीको अस्पतालमा उपचार भइरहेको छ । 

सोमबारदेखि फैलिएको झाडापखालाका कारण विरामीको संख्या बढ्दै गएका कारण विद्यालयमा समेत तयार पारी उपचार गरिएको डाक्टर मुकेश चौधरीले जानकारी दिए । उनका अनुसार झाडापखालाका विरामीहरुमध्ये ३७ जनालाई प्रदेशिक अस्पताल बुटवल र जिल्ला अस्पताल तौलिहवा रिफर गरिएको छ भने अन्य  ५८ जनाको शिवराज अस्पतालमा उपचार भइरहेको छ ।

तीबाहेक स्थानीय मेडिकल, क्लिनिक तथा स्वास्थ्य संस्थामा पनि झाडापखालाका विरामीहरुको उपचार भइरहेको उनले बताए । केही विरामीहरु घरमै बसेर पनि औषधि प्रयोग गरिरहेको छ । 

एक्कासी बढेको झाडापाखालाका कारण हालसम्म तीन जनाको ज्यान गइसकेको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झाडापखाका कारण पत्ता लगाउन बिहीबार तीन सदस्यीय टोली प्रभावित क्षेत्रमा पठाएको छ ।