नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृतबीच पार्टी एकता

नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृतबीच पार्टी एकता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (एकीकृत)बीच पार्टी एकता भएको छ । पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) नै हुनेछ भने चुनाव चिन्ह कलम हुनेछ । 

नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीको नेतृत्व माधव नेपालले गरेका छन्  भने नेकपा एकीकृतको नेतृत्व जीवनलाईले गरेका थिए । उनीहरुबीच आठबुँदे सहमति गरी पार्टीबीच एकता भएको हो ।

जीवन राई नेतृत्वको नेकपा (एकीकृत)ले कलम चिन्ह दर्ता गराएको थियो भने एकीकृत समाजवादीले भने चुनाव चिन्ह तोकेको थिएन ।