प्रतिनिधिसभा बैठक आज बस्दै, एमालेले अवरोध कायमै राख्ने

प्रतिनिधिसभा बैठक आज बस्दै, एमालेले अवरोध कायमै राख्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । नेकपा एमालेले निरन्तर प्रतिनिधिसभामा अवरोध गर्दै आएको छ । आज पनि एमालेले अवरोध कायमै राख्ने बताएपनि बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा विधेयक(२०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । अघिल्लो पटक बसेको बैठक एमालेकै विरोधका कारण सात मिनेटमात्रै बसेर स्थगित भएको थियो ।

पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ जनालाई सांसद पदबाट नहटाएर सभामुख अग्नि सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको आरोप लगाउँदै एमालेले संसदमा विरोध जनाउँदै आएको छ ।