सरकार गठनको २ महिनापछि लुम्बिनीमा मन्त्रिपरिषद विस्तार हुँदै

सरकार गठनको २ महिनापछि लुम्बिनीमा मन्त्रिपरिषद विस्तार हुँदै

रूपन्देही । आठ महिनाका लागि मुख्यमन्त्री भएको दुई महिना पुग्नै लाग्दा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका छन् । १६ महिना कार्यकाल बाँकी रहेका एमालेका मुख्यमन्त्री शंकर पोखरेललाई हटाउन पाँच दलीय गठबन्धनले माओवादीबाट केसी ८ महिना र कांग्रेसबाट वीरेन्द्र कनौडिया ८ महिना मुख्यमन्त्री बन्ने सहमति गरेका थिए ।

मुख्यमन्त्री बनेका केसीले लामो समय मन्त्रिपरिषद बिस्तार गर्न नसकेको भन्दै आलोचना भएको थियो । माओवादी केन्द्रले मन्त्रिपरिषद्मा सहभागी हुने व्यक्ति टुंगो लगाएपछि मुख्यमन्त्री केसीले शुक्रबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् । उनी साउन २८ गते मुख्यमन्त्री नियुक्त भएका हुन् ।

शुक्रबार शपथ गराउने तयारी गरिए पनि समय र मन्त्रीको नाम भने सार्वजनिक गरिएको छैन ।