एकीकृत समाजवादीको पोल्टामा ४ मन्त्रालय, पार्टीकाे केन्द्रीय कार्यालय गठन

एकीकृत समाजवादीको पोल्टामा ४ मन्त्रालय, पार्टीकाे केन्द्रीय कार्यालय गठन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या सहित ४ वटा मन्त्रालय पाउने भएको छ । अब समाजवादीले स्वास्थ्यसँगै शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउनेछ ।

बिहीबार अर्पण बैंक्वेट बानेश्वरमा बसेको स्थायी कमिटी बैठकपछि संचरकर्मीसँग कुराकानी गर्दै पार्टीका नेता जगन्नाथ खतिवडाले सो कुराको जानकारी दिएका हुन् ।

गठबन्धन सरकारको भागबण्डामा एकीकृत समाजवादीले असन्तुष्टि जनाएपछि स्वास्थ्यसहित चार मन्त्रालय उसको भागमा पारिएको हो ।

त्यस्तै पार्टीले आज बसेको बैठकले केन्द्रीय कार्यालय गठन पनि गरेको छ । महासचिव वेदुरराम भुसालको नेतृत्वमा प्रकाश ज्वाला, विजय पौडेल, गंगालाल तुलाधार र जगन्नाथ खतिवडासहितको पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन भएको उनले जानकारी दिए ।  

महासचिव भुसालकै नेतृत्वमा ११ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको छ । स्थायी कमिटीको बैठक नबसेको अवस्थामा निर्णय लिन केन्द्रीय सचिवालय सक्रिय हुने खतिवडाले बताए ।