गठबन्धन सरकारमा सहभागी हुन औपचारिक खबर आएन : महन्थ ठाकुर

गठबन्धन सरकारमा सहभागी हुन औपचारिक खबर आएन : महन्थ ठाकुर

वीरगन्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागी हुने या नहुनेबारे पार्टीको धारणा नबनेको बताएका छन् ।

बाराको कलैयामा बिहीबार लोसपाको जिल्ला पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ठाकुरले गठबन्धन सरकारबाट सहभागिताका लागि कुनै खबर नआएको भन्दै लोसपाले सहभागिता जनाउने या नहुने भन्ने कुनै निर्णय नगरेको उल्लेख गरे । 

उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाबाट सरकारमा सहभागिताको लागि औपचारिक खबर पनि आएको छ । यस्तोमा हामीले कसरी भन्न सक्छौं कि हामी सरकारमा जाने कि नजाने ?’ 

लोसपा २ मन्त्री सहित सरकारमा सहभागी हुने भन्ने चर्चा चलिररहेको बेलामा अध्यक्ष ठाकुरको यस्तो प्रतिक्रिया दिएका हुन् । 

फरक प्रसंगमा अध्यक्ष ठाकुरले उपेन्द्र यादवले जसपा फुटाएको आरोप लगाए । उपेन्द्रले नै पार्टीको विवाद निर्वाचन आयोगमा पु¥याएपछि अलग हुनुपर्ने अवस्था आएको बताए ।