एकीकृत समाजवादीले चुनाव चिन्ह कलम राख्ने

एकीकृत समाजवादीले चुनाव चिन्ह कलम राख्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको चुनाव चिह्न कलम राख्ने भएको छ ।

बिहीबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले सो निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
त्यसका लागि चाँडै नै कानुनी प्रक्रिया पूरा गर्ने पनि बताए । 

त्यस्तै बैठकले चार पदाधिकारी मनोनयन पनि गरेको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई उपमहासचिव तथा गरिमा साह, जीवनराम श्रेष्ठ र भागवत विश्वासीलाई सचिवमा मनोनित गरेको छ ।