कपिलवस्तुमा झाडापखालाबारे अध्ययन गर्न सरकारले विज्ञ टाेली पठायो

कपिलवस्तुमा झाडापखालाबारे अध्ययन गर्न सरकारले विज्ञ टाेली पठायो

काठमाडौं । कपिलवस्तुको कृष्णनगरमा झाडापखालाले ३ जनाको ज्यान गएपछि झाडापखालाबारे विस्तृत अध्यनन गर्न सरकारले चिकित्सक टोली त्यहाँ पठाएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झाडापखालाबारे अध्ययन गर्न महामारी रोग विशेषज्ञ डा. शशी कँडेल, कौशलचन्द्र सुवेदी र डब्ल्यूएचओका तर्फबाट डा. रवीन गौतमसहितको तीन सदस्यीय टोली बिहीबार त्यसतर्फ पठाएको जनाएको छ । 

टोलीले प्रभावित क्षेत्रमा पानीजन्य प्राकोपबारे अध्ययन गर्ने बुझिएको छ । यसअघि बिहीबार विहाननै औषधि सामग्री लिएर एक टोली प्रभावित क्षेत्रमा पठाएको मन्त्रालयले जनाएको छ । 
कृष्णनगरमा झाडापखालाबाट हालसम्म ३ जनाको ज्यान गइसकेको छ भने कृष्णनगर ६ वडामा झाडापखालाले ३ सय ७० जनाभन्दा बढी विरामी परेका छन् ।