सार्वजनिक सवारी साधनमा भाडा वृद्धि, अब चढ्यो कि १८ रुपैयाँ

सार्वजनिक सवारी साधनमा भाडा वृद्धि, अब चढ्यो कि १८ रुपैयाँ

काठमाडौं । बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधनमा भाडा वृद्धि गरेको छ । काठमाडौं उपत्यका बाहिरको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरेको हो । 

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बागमती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो ।  

काठमाडौंसहित १३ जिल्ला रहेको बागमती प्रदेशमा उपत्यका बाहिरको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरेको छ भने उपत्यकाभित्र भने  किलोमिटरका आधारमा भाडा बढाएको हो । अब सवारी साधनमा चढ्यो यात्रुले १८ रुपैयाँ तिर्नुपर्नेछ । शून्य किलोमिटरदेखि पाँच किलोमिटरसम्म रु १८, १० किलोमिटरसम्म रु २३, १५ किलोमिटरसम्म रु २७, २० किलोमिटसम्म रु ३० र २० किलोमिटरभन्दा माथि रु ३५ भाडादर कायम गरिएको छ ।