काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालमाथि कटाक्ष गरेका छन् ।
उनले नेकपा एमालेमा रहँदा मन्त्री छान्ने अधिकार कमिटीको भनेर नथाक्ने नेपाल अहिले आफै अध्यक्ष भएपछि त्यो अधिकार लिएको भन्दै टिप्पणी गरेका हुन् । एकीकृत समाजवादी पार्टीले मन्त्री छान्ने अधिकार अध्यक्षामा निहित भन्ने निर्णय गरेपछि नेता पोखरलले सामाजिक सञ्जालमार्फत उक्त कुराको टिप्पाणी गरेका हुन् ।
उनले लेखेका छन्, ‘केपी ओली अध्यक्ष भएकावेला मन्त्री छान्ने अधिकार कमिटीको हो भनि नथाक्ने माधव नेपालले आफू अध्यक्ष भएपछि त्यो अधिकार आफैसँग राख्नु भएछ’ पोखरेलले भनेका छन्।
बिहीबार बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले अध्यक्ष नेपाललाई मन्त्री छान्ने जिम्मा दिएको हो । जसपामा मन्त्रीहरुको नाम टुंग्याउने जिम्मा डा बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईलाई दिइएको छ।