एमालेको नयाँ लोगोप्रति माओवादीको आपत्ति

एमालेको नयाँ लोगोप्रति माओवादीको आपत्ति

काठमाडौं । नेकपा एमालेले सार्वजनिक गरेको पार्टीको नयाँ लोगोप्रति नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । माओवादी केन्द्रले आफ्नो पार्टीको लोगोसँग मिल्दोजुल्दो लोगो सार्वजनिक गरेको भन्दै आपत्ति जनाएको हो ।

एमालेको असोज १५ देखि १७ सम्म संचालन भएको विधान महाधिवेशनले नयाँ लोगो सार्वजनिक गरेको थियो । 

एमालेले सार्वजनिक गरेको नयाँ लोगोमा सूर्य चिह्नभित्र हँसिया हथौडा राखिएको छ । जबकी माओवादी केन्द्रको चुनाव चिह्न गोलाकार भित्रको हँसिया हथौडा हो । 

एमालेको लोगोमा सूर्य चिह्नभित्र अंग्रेजी अक्षरमा सिपिएन युएमएल लेखिएको र हँसिया हथौडासहितको लोगो परिवर्तन गरेको हो ।