बढी भाडा लिन खोज्ने नौ जना पक्राउ

बढी भाडा लिन खोज्ने नौ जना पक्राउ

काठमाडौं । नजिकिएको दशैसँगै सवारीमा बढ्दो चापको अवस्थामा यात्रुसँग बढी भाडा लिन खोज्ने नौ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने ९ जनालाई पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाको विशेष निगरानीमा उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ ।  पक्राउ पर्नेहरूमा चितवनका समिर श्रेष्ठ, धनकुटाका किरण लिम्बु, सुनसारीका सविन राई, काठमाडौंका राज ठकुरी, दाङका विशाल गुरूङ, कैलालीका रमेश कठायत र काठमाडौको कलंकीबाट नवीन केसी र बल्खुबाट शुभयात्री काउण्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भई किर्तिपुर बस्ने नारायणी काउण्टरका बिनोद रानालाई पक्राउ परेका छन् । 

ठगी, बढी भाडा लिने, दोब्बर भाडामा टिकट काट्ने लगायतको काम हुँदैन भन्ने लगायतको कामको निगरानीका लागि महाशाखाले काठमाडौं उपत्यकामा विशेष टोली परिचालन गरेको थियो ।