मध्यरातमा जुवा खालबाट १९ जना पक्राउ

मध्यरातमा जुवा खालबाट १९ जना पक्राउ

काठमाडौं । काठमाडौंको बाफलस्थित रिजु श्रेष्ठको घरमा जुवा खेलिरहेका १९ जनालाई प्रहरीले पक्राउ गरेको ।

केही मानिस अवैध रुपमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा बुधबार राति पुगेको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहरासमेतको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरूको साथबाट दुई लाख ८६ हजार ६५ रुपैयाँ,  सात बुक तास,  १२३ स्थान विभिन्न रङका क्विन, ३३ थान कौडा, २८ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।